आबे सरकारको पाँच वर्ष , अर्थतन्त्रलाई प्राथमिकता दिने प्रतिबद्धता

जापानी प्रधानमन्त्री शिन्जो आबेको दोस्रो कार्यकालसंगै सरकारले पाँच वर्ष पुरा गरेको छ र सरकारको प्रमुख प्राथमिकता अर्थतन्त्र रहने सरकारका प्रवक्ताले मंगलबार बताएका छन् ।

सरकार गठनदेखिनै आर्थिक सुधार आफुहरुको प्रमुख प्राथमिकतामा रहेको मन्त्रीपरिषदका मुख्य सचिव योसिहिदे सुगाले पत्रकार सम्मेलनमा बताए । पछिल्ला पाँच वर्षमा आफुले भोगेका चुनौतिहरुको सामना गर्न आफुले मतदाताहरुको समर्थन पाएको प्रधानमन्त्री आबेले प्रतिक्रिया दिए । युद्धपश्चात जापानको अर्थतन्त्र निरन्तर विकासको क्रममा रहेको छ र पछिल्ला पाँच वर्षमा टोकियो मार्केट एक्सचेन्ज दोब्बरभन्दा बढि बृद्धि भएको छ । जनवरी १९९२ पछि निक्केइ सुचक पनि उच्च स्थानमा रहेको छ ।

कुटनैतिक पक्षतर्फ आबेले रुससंगको दशकौँ लामो विवाद समाधानका लागि वार्ता गर्ने योजना बनाएका छन् भने चीन दक्षिण कोरियासंग त्रीपक्षीय सम्मेलन आयोजना गर्ने भएका छन् । साथै सुरक्षातर्फ उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र चुनौतिलाइ पनि निरन्तर सम्बोधन गर्ने आबेको कार्यक्रम रहेको छ ।

जापान अमेरिका सम्बन्ध थप सुदृढ बनाउने आबेको प्रतिबद्धता