आमाका हत्यारा पक्राउ

तनहुँमा गत शनिबार आमाको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पाँच दिनपछि पक्राउ गरेको छ ।  जिल्लाको क्यामिन–६ निवासी ७० वर्षीया पुतली नेपालीको हत्या गरी फरार रहेका ४० वर्षीय छोरा देवबहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

हत्यापछि फरार रहेका देवबहादुरलाई लमजुङको मध्यनेपाल नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । शिशाघाट प्रहरी चौकीका प्रहरी हवल्दार इन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको प्रहरी टोलीले देवबहादुरलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।  

यो पनि पढ्नुहोस्

आत्महत्या गर्न हिँडेको १२ घण्टा नबित्दै फेसबुकले बचायो युवतीको ज्यान