आमाको मंगलसूत्रको लागि सनी लियोन बनेकी थिइन् बोल्ड

आफ्नो पहिलो कमाइले छुटाएकी थिइन् आमाको लागि मंगलसूत्र र बाँध्यताले बनेकी थिइन् बोल्ड।डिजिटल प्लेटफर्ममा रिलिज १० भागको वेब सिरिजमा खुल्यो सनीको जीवनका धेरै रहस्यहरु ।
पछिल्लो समय सनी लियोनीको बायोपिक करनजीत कौर द अनटोल्ड स्टोरी अफ सनी लियोनी निकै चर्चामा छ ।फिल्ममा सनीले टाइटल रोल आफैं गरेकी छिन ।घरको आर्थिक स्थिति ठिक नभएको परिवारमा सनीकी आमाले निकै संघर्ष गरेर घर चलाएकी थिइन् ।पिताको जागिर गइसकेकाले क्रण लिएर घर चलिरहेको थियो । घर चलाउन आमाले आफ्नो मंगलसूत्र धितो राखेकी थिइन् ।जब यो कुरा सनीले थाहा पाइन् ।त्यसपछि उनले आफ्नो पहिलो कमाइले आमाको मंगलसूत्र छुटाएकी थिइन् ।
यो घटना २००३ को हो । सनीलाई एडल्ट म्यागजिल पेन्टहाउसको तर्फबाट बोल्ड फोटोशुटको अफर आएको थियो । यही बेला ब्युटी कन्टेष्ट जितेपछि सनीलाई यो फोटोसुटको अफर आएको थियो । त्यतिबेला सनी अफर स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा निकै अप्ठ्यारोमा थिइन् । एक दिन सनीले आमालाई बजार गइरहेको देखिन् । आमाको पिछा गर्दा सनीले देखिन् कि आमा मंगलसूत्र धितो राख्न गएकी थिइन् । पहिले त सनीलाई लाग्यो आमा रक्सी पिउने बानीका कारण मंगलसूत्र धितो राख्न गएकी हुन् । तर जब सनीकी आमाले घरको आर्थिक अवस्थाको बारेमा उनलाई बताइन् त्यसपछि उनी निकै चिन्तित भइन् । सनीकी आमाले उनलाई पितासँग यो कुरा नभन्न भनिन् । मंगलसूत्रको बदलामा उनले ४०० डलर पाएकी थिइन् ।
उक्त घटनापछि सनीले पेन्टहाउसको अफर स्विकार गरिन् । बोल्ड फोटोशुटको बदलामा उनले १ हजार डलर पाइन् । यो उनको पहिलो कमाइ थियो । यसबाट उनले सबैभन्दा पहिले आमाको मंगलसूत्र छुटाइन् । त्यसपछि भने सनीलाई फोटोसुटका अफरहरु आउन थाले ।

सनी लियोनीको वास्तविक जीवन अब पर्दामा