आमाछोराले दुई जनालाई बचायौं : दिलकुमारी जलारी

आमाछोराले दुई जनालाई बचायौं : दिलकुमारी जलारी

हामी बेगनास तालपारि घरमै थियौं। एक्कासी डुंगाबाट गुहारगुहार भन्ने आवाज आएको सुनें।

डुंगामा रहेकाले डुंगाको पानी तालमा फाल्दैगरेको पनि देखिएको थियो।यत्तिकैमा छोरा कुमार र म डुंगामा उद्धार गर्न कुदिहाल्यौं। डुंगा १० मिनेट चलाउँदासम्म मान्छेहरु यत्रतत्र छरिएर छटपटाइरहेको देखेकी थिएँ। त्यहाँ पुग्दासम्म २ जनामात्र जीवित देखें। हाम्रो डुंगा सानो थियो। २ जनालाई उद्धारगरी डुंगामा राखेपछि अरु २ जना महिला पनि घोप्टो परेको देखेका थियौं। अरुलाई राख्ने ठाउँ नभएकाले हामी २ जनालाई त बचाउनु पर्छ भन्ने लागेर अस्पताल लग्न ताल पारिपट्टि हान्नियौं।

२ जनालाई उद्धार गर्न पछिपछि आएका १ जनालाई अनुरोध गरेका थिर्यौ। बेलैमा उद्धार पाएको भए सबै बाँच्ने थिए। डुंगा डुबेको ठाउँसम्म किनारबाट आउन चलाउन जान्नेलाई २५ मिनेट जति लाग्थ्यो। त्यति नजिकै आउँदा पनि डुंगा डुबेर ठूलो क्षति भएकोमा दुःखलागेको छ। यसअघि पनि तालमा डुबेका १ जना स्थानीयलाईछोरा राजकुमारलेबचाएका थिए। आज डुंगामा सवारहरुसँग लाइफ जकेट भएको भए यति ठूलो क्षति हुँदैनथ्यो। दिलकुमारी र राजकुमार जलारी आमाछोराले सपना खनाल र निशा पौडेललाई उद्धार गरी बचाएका हुन्।

गुहार माग्दा माग्दै सबै खुसी डुब्यो
तीज मनाउन बेगनास तालपारि बेगनासमा दिदीकहाँ जाँदै गर्दा सुरुदेखि नै डुंगामा पानी पस्न सुरु भइसकेको थियो। डुंगामा पानी पसेको र श्रीमान रवि खनाल डुंगा चलाउन त्यति नजान्ने भएकाले सुरुमै मैले अघि नजाम् भन्दै थिएँ। आफन्तको निमन्त्रण मान्न जाने भन्दै उहाँले डुंगा अघि बढाइरहनु भयो।

डुंगामा दश जना थियौं। डुंगामा सवार भएको करिब आधा घन्टा बढी जति भएको थियो। डुंगामा पानी भरिँदैगएपछि डुंगामा सवार सबैजनासहित डुंगा एक्कासी तालभित्र डुब्यो।

एक्कासि डुंगा डुबेपछि अत्तालिँदै २ छोरालाई काखमा लिँदै गुहार गुहार भनिरहें। जति चिच्याए पनि आधा घन्टासम्म उद्धार गर्न कोही आइपुगेन। अलिअलि पौडी खेल्न जान्ने भएकाले सकेसम्म छोरालाई काखमा च्यापेकै थिएँ। पछि छोराहरु शिव र शंकर काखबाट फुत्किए। श्रीमान र सबै आफन्त पनि देखिनै छाडे।

श्रीमान नेपाल आर्मीमा जागिरे हुनुहुन्छ। उहाँको विदा भएकाले दिदी सासुले तिजमा बोलाएपछि सपरिवार तीज मनाउन शुक्रबार रात्रि बसमा गैंडाकोटबाट पोखरा आएका थियौं। शनिबार बिहान सबेरै पोखरा झर्‍यौं। दिउँसो साढे ११ बजेतिर डुंगामा दिदी सासुकहाँ जाँदै थियौं। डुंगामा पानी भरिएर डुंगा डुब्यो। हेर्दा हेदै सबै खुसीडुब्यो।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

अपडेट : बेगनास तालमा डुंगा पल्टिँदा दुई जनाको मृत्यु, चार बेपत्ता