आमासंग अफेयरको हल्लाले बलिउड तात्यो,अभिनेताको मनमा पुग्यो चोट

महेश भट्ट र मुकेश भट्टको प्रोडक्शन हाउस ‘विशेष फिल्म्स’ले हालै मात्र ३० औँ वार्षिकोत्सव मनाएको छ । व्यवसायिक रुपमा सफल भएको यो कम्पनीले निर्माण गरेको सिनेमा ‘आशिकी’ले हलमा ६ महिना स्थान पाएको थियो । सिनेमामा अभिनेता राहुल रोय मुख्य भूमिकामा थिए जसलाई दर्शकले खुबै मन पराए ।

rahul-roy

तिनै राहुलको जीवनको एउटा अनौठो घटना छ जसको बारेमा आज हामी तपाईँलाई जानकारी दिँदैछौँ । एक पटक उनको आफ्नै आमासँग अफेयर रहेको खबर प्रकाशित भएर उनी विवादमा आएका थिए । खास कुरा के भने, एक पटक राहुल साथीहरुसँग होटेल ताजमा पार्टी गरिरहेका थिए । त्यस बखत उनकी आमा पनि साथीहरुसँग त्यहि पुगिन् । उनकी आमा निकै सुन्दर थिईन् । झट्ट हेर्दा उनलाई जो कोहीले पनि मन पराउँथे र सुन्दरताको तारिफ गर्थे ।

होटेल ताजमा पुगेकी राहुलकी आमाले राहुललाई देखिन् र बोलाईन् । उनीहरुले सँगै नृत्य गरे । भोलिपल्ट राहुलको बारेमा एक समाचार छापियो जसमा लेखिएको थियो,‘एक छिप्पट महिलासँग नाचे राहुल र जससँग उनको अफेयर चलिरहेको छ ।’ त्यसबखत किन कसैले पनि मलाई ती महिला को हुन् भनेर सोधेनन् भन्ने दुखेसो मनमा रहेको राहुलले हालै मात्र एजेन्सीलाई बताएका छन् ।

राहुल महिलाहरुसँग नाम जोडिएका कारण तीन पटक आक्रमणमा पनि परेका छन् । एक पटक उनको कार दुर्घटना गरेर उनको ज्यान लिने कोशिस पनि भएको थियो । दुर्घटना पछि उपचार गरेर घर फर्किँदा सबैले उनको निधनको कुरा गरिरहेका थिए जसले उनलाई अचम्म पार्यो । राहुलको नाम प्राय कोही न कोही अभिनेत्रीहरुसँग जोडिई रहन्थ्यो ।

यहि कारण ती अभिनेत्रीका पति या त प्रेमीहरुले उनी माथि आक्रमण गर्थे । राहुलले आशिकी, सपने साजन के, गुमराह, भुकम्प, हंसते खेलते, नशीब, अचानक फिर कभि लगायतका सिनेमामा काम गरेका छन् । यसका साथै उनी ‘बिग बोस सिजन–१’ (२००७) का विजेता पनि हुन् ।