आमा घूस खाने, छोरी सो रकम राख्ने- दुबै अख्तियारको पञ्जामा

सरकारी कार्यालयमा बसेर सेवाग्राहीसंग लिएको घूस रकम आफ्नो साथमा राख्दा रंगेहात पक्राउ पर्ने डरले एक सरकारी कार्यालयकी कर्मचारीले घूसमा लिएको रकम छोरीलाई राख्न दिने गरेको तथ्य फेला परेको छ ।

घूसको रकम पचाउन छोरीलाई दिने कर्मचारी हुन कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार गीताकुमारी पन्थी ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार पन्थी र उनकी छोरी पोषणलाई एक लाख रुपैयाँ घूस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले दिएको जानकारी अनुसार त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजश्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

अख्तियारले घूस खाने र सो रकम राख्ने आमा छोरीलाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङस्थलबाट पक्राउ गरेको थियो ।

सहन्यायाधिवक्ता घूस प्रकरण : ‘मेरो पनि इज्जतको कुरा हुन्छ, कसैलाई नभन्नू’