आमा बनिन् क्रिस्टियानो रोनाल्डोकी पूर्व प्रेमिका

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकी पूर्व प्रेमिका इरिना सायेक आमा बनेकी छिन् ।

kristiyano-irina

पछिल्ला दुई वर्षदेखि हलिउड अभिनेता ब्राड्ली कुपरलाई डेट गरिरहेकी इरिनाले केही हप्ताअघि मात्र पहिलो सन्तानलाई जन्म दिएको मिरर अनलाइनले जनाएको छ ।

सन् २०१६ मा भिक्टोरिया सिक्रेटको फेसन रनवेका दौरान इरिना गर्भवति रहेको खबर आएको थियो ।गत फेब्रुअरीमा भने इरिना गर्भवति रहेको स्पष्ट देख्न सकिन्थ्यो ।

पछिल्ला ९ महिना दुवै जनाले आफ्नो व्यक्तिगत जीवनबारे त्यति धेरै खुलाएका छैनन् ।पहिलो सन्तान छोरा या छोरी हो भन्ने अझै यकिन रहेको छैन ।