आमा बाबुको बिहे भन्दा पहिले जन्मेका थिए यी सेलिब्रेटी

विवाह बिना नै आमा बनेकी महिलाको समाजमा सकेजति मजाक उडाईन्छ र उसलाई छि छि र थु थु पनि गरिन्छ । तर पछिल्लो समयमा भने यो सोचमा परिवर्तन आएको देखिन्छ । यहि कारण पनि हुन सक्छ केही महिला विवाह भन्दा अगाडि नै गर्भवति हुँदा पनि सामान्य जीवन बिताईरहेका हुन्छन् भने केही त विवाह अगाडि नै आमा बनेका पनि छन् । यस्तै केही बलिउड र हलिउड सेलिब्रेटी र सेलिब्रेटीका छोरीहरु विवाह नभई जन्मेका छन् । यस बिषयमा आज हामी एक सामाग्री प्रस्तुत गर्दैछौँ ।

cover-5

रेखा
कमैलाई थाहा होला बलिउड अभिनेत्री रेखालाई उनकी आमाले विवाह नगरिकनै जन्म दिएकी थिईन् । रेखाकी आमा पुष्पावली तमिल र तेलेगु फिल्मकी अभिनेत्री हुन् । उनले तामिल फिल्मका अभिनेता दिवंगत जैमिनीसँग धेरै फिल्ममा काम गरेकी छिन् । फिल्ममा सँगै काम गर्दा एकअर्काको प्रेममा परेका उनीहरु विवाह नै नगरी आमा बुवा पनि बने । उनीहरुले छोरी रेखालाई जन्माईसकेपछि विवाह गरेका हुन् ।

श्रुती हसन
अभिनेत्री श्रुती हसन दक्षिण भारतका सुपरस्टार कमल हसन र अभिनेत्री सारिकाकी छोरी हुन् । कमलले पहिलो पत्नी वानीसँग डिभोर्स भएपछि सारिकासँग विवाह नगरी नै बस्न थालेका थिए । सँगै बस्ने क्रेममा सारिका गर्भवति भएपछि उनीहरुको सम्बन्ध चर्चामा आयो । सन् १९८६ को २८ जनवरीमा अभिनेत्री श्रुतीलाई सारिकाले विवाह नै नगरी जन्म दिईन् । श्रुती जन्मेको लगभग दुई वर्षपछि उनीहरुले विवाह गरेका हुन् । विवाह पछि सन् १९९१ मा सारिकाले कान्छी छोरी अक्षरालाई जन्म दिइन् । अक्षराको जन्म भएको केहि बर्षपछि उनीहरु एक्लाएक्लै बस्न थाले । उनीहरुले २००४ मा डिर्भोस गरी सकेका छन् ।

मशाबा गुप्ता
बलिउडकी चर्चित डिजाईनर मशाबा गुप्ता अभिनेत्री निना गुप्ताकी छोरी हुन् । निना र क्रिकेटर विवियनको रिचर्डसको अफेयरको चर्चा एकताका निकै भयो । उनीहरुको सम्बन्धको खबरसँगै निना गर्भवति भएको खबर पनि एकताका गसीप बन्यो । सन् १९८९ मा निनाले विवाह नै नगरी छोरी जन्माएकी हुन् । निनाले एक्लै मसाबाको पालनपोषण गरेर अहिले सफल डिजाईनर बनाएकी छिन् । छोरीको कन्यादान गरिसकेकी मसाबा आफू भने अहिलेसम्म अविवाहित नै छन् ।

नोरा जोन्स
अमेरिकी गायिका, रचनाकार तथा अभिनेत्री नोरा जोन्स कन्सर्ट प्रोड्युसर सु जोन्स र दिवंगत पन्डित रवी शंकरकी छोरी हुन् । रबीको पहिलो पत्नीसँग सम्बन्ध बिग्रिए पछि सु जोन्ससँग अफेयर चलेको थियो । त्यसपछि १९७९ मा नोरा जोन्सको जन्म भयो । रवी र सु ले विवाह नगरी छोरी जन्माएका हुन् । विवाह नगरी छोरी जन्माएका उनीहरु १९८६ देखि अलग भए ।

नोर्थ वेस्ट

किम कार्दशियनकी छोरी नोर्थ वेस्टको जन्म किमको विवाह नहुँदै भएको हो । रियालिटि शो की स्टार किम कार्दशियन र संगीतकार केनिया वेस्टले विवाह नगरी २०१३ को १५ जूनमा छोरी जन्माए र छोरी एक वर्ष पुगेपछि विवाह गरे ।

सुरी क्रुज
सन् २००५ मा हलिउड अभिनेता टम कु्रज र अभिनेत्री केटि होम्सको अफेयरको चर्चा चल्यो । अप्रिल २००६ मा उनीहरु छोरी सूरीका माता पिता भए । विवाह नगरी छोरी जन्माएको यो जोडीले छोरी जन्मेको झण्डै ७ महिना पछि नोभेम्बर २००५ मा विवाह गरेको हो । २००५ मा विवाह गरेको यो जोडी २०१२ मा अलग भईसकेको छ ।

हरलो मैडेन
अमेरिकी अभिनेत्री तथा फेशन डिजाईनर निकोल रिची २००७ मा गर्भवती भएको खबर आएको थियो । जनवरी २००८ मा निकोलले छोरीलाई जन्म दिईन् । निकोल प्रेमी जोएल मैडेनसँगको प्रेममा परेर विवाह नगरी आमा बनेकी हुन् । निकोलकी छोरीको नाम हरलो हो । छोरी जन्मिएको २ वर्ष पछि २०१० मा उनीहरुले विवाह गरेका हुन् ।