‘आमा, बुहारीलाई काटेँ, प्रहरी बोलाउनोस् ..’

चर्चित म्युजिसियनले मारे बुहारी

उज्वल महत
उज्वल महत

नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमायो। गीतमा अडियो इन्जिनियरिङ गरेका थिए उज्वल महतले।

उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ। आफ्नै घरमा बुहारीको निर्मम हत्या गरेको आरोपमा अहिले उनी प्रहरी खोरमा छन्।उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन्। उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन्। ‘एक्सीस ब्यान्ड’ मा संलग्न उनले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ।

महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार उनको परिवारमा कसैसँग नराम्रो थिएन। खिउजुका अनुसार विगत केही महिनादेखि अलि अस्थिर भएको देखिन्छ।

परिवारसँग खासै राम्रो बोलचाल गर्दैनथे। यद्यपि दाजुभाइको सम्बन्ध सुमधुर थियो। छिमेकी उनलाई राम्रो छवि बनाइसकेका म्युजिसियनका रुपमा हेर्छन्। उनका चिनजानका साथीभाइ सभ्य र भद्र भन्छन्। एउटै घरमा बुबा-आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे। स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन्।

बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो ब १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे। ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’, आमाको भनाइ उद्धृत गर्दै खिउजुले भने।

बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ। खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन्।

बुहारी अञ्जना
बुहारी अञ्जना

प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ। बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो। पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो। उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ। बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन्।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

छोराको लासलाई सुकुटी बनाएर खान बुहारीलाई सासुको धम्की

आमा प्रेमी भेट्न गएपछि २३ महिने बालकको खान नपाएर मृत्यु

आमा

बालबालिकाको जीवनमा आमाको महत्व अति नै हुन्छ । त्यसैले त मानिस आमालाई धेरै सम्मान गर्छन् । तर, यूक्रेनमा आमा प्रेमी भेट्न गएपछि खान नपाएर एक २३ महिने बालकको मृत्यु भएको छ ।

प्रेमी भेट्न पुगेकी आमाले घरमा छोराछोरी छोडेको बिर्सिएपछि नौ दिनसम्म खान नपाएर २३ महिनाको बालकको मृत्यु भएको बिबिसीले जनाएको छ । २० वर्षकी आमाले झण्डै तीन वर्षकी छोरी र २३ महिने छोरालाई नौ दिनसम्म खाना बिना फ्याटमा छाडेपछि बालकको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ ।

खान नपाएर भाइको मृत्यु भएपछि झण्डै तीन वर्षकी दिदी आन्या भाइको शव लिएर तीन दिनसम्म फ्ल्याटमा एक्लै बसेकी थिइन् । बच्चाकी आमा ब्लादिस्लावा पोदचाप्को छोराछोरीलाई घरमा छोडेर आफ्नो प्रेमीको घरमा गएको उनलाई नजिकबाट चिन्ने आफन्तलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ ।

यो खबर बाहिर आएपछि यूक्रेनमा सामाजिक संजालमा हंगामा मच्चिएपछि राष्ट्रपतिका सल्लाहकार माइकोला कुलेबाले फेसबुकमा यो घटनाबारे जानकारी दिएका छन् ।

नौ दिनसम्म खान नपाएकी छोरी आन्याको अहिले आइसियूमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार उनी फ्ल्याटमा बेहोस भेटिएकी थिइन् ।

माइकोला कुलेबाका अनुसार पोदचाप्कोले बच्चाको लागि केही चकलेट मात्र राखिदिएकी थिइन् । आमाले धेरैदिनसम्म छोडेर गएपछि बच्चाले बाहिर निस्कन कोसिस गरेका थिए । तर सफल भएनन् । प्रहरी अनुसन्धानबाट पोदचाप्कोले आफ्नो प्रेमी नै पति भएको बताएकी छिन् । यी दुई बच्चाको पिता पनि उनी नै भएको प्रहरीको अनुमान छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

एजेन्सी/अन्नपुर्ण पोस्ट