आमिरको अश्लिल भिडियो सार्वजनिक, वैवाहिक जीवन संकटमा

capture

आमिर खानको सेक्स भिडियो भाइरल भएपछि उनको वैवाहिक जीवन संकटमा परेको छ । पाकिस्तानीमूलका बेलायती बक्सर खानले लन्डन ओलम्पिकमा बेलायतलाई रजत जिताएका थिए ।

आमिरको भिडियो यसै साता सोशल साइटमा अपलोड गरिएको थियो ।

भिडियोमा उनी महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको देखिएका छन् ।

आमिरले २०१३ मा प्रेमिका फरयाल मखदुमसँग विवाह गरेका थिए। यो जोडीबाट २ सन्तान छन्। मखदुलले यसै साता आफ्नो सासु र ससुरामाथि पारिवारीक उत्पीडनको आरोप लगाएकी थिइन्।

आफू गैर मुसलमान भएका कारण आफूले पहिरिने कपडालाई लिएर कमेन्ट गर्ने र कुटपीट पनि गरेको उनले आरोप लगाएकी थिइन्।

भिडियो २०१० को हुन सक्ने बताइएको छ।

‘म सेक्स थेरापिस्ट हुँ’-आमिर खान