आमिरको फिल्मको नयाँ रेकर्ड, दृष्टिविहीनको लागि स्पेशल ‘दंगल’

 

बलिउडमा विभिन रेकर्ड राख्न सफल आमिर खानको फिल्म ’दगंल’ले अब फेरि अर्को नौलो रेकर्ड बनाउने भएको छ।

फिल्मको सफलतासंगै अब फिल्म दृष्टि विहीनहरुको लागि पनि सहजै रुपमा बुझन सक्ने गरी स्पेशल अडियोको साथमा रिलिज हुने भएको छ। भारतीय मिडियाका अनुसार फिल्म निर्माण टिमले फिल्मलाई परिमार्जन गरेर दृष्टिविहीनको लागि विशेष फिल्मको रुपमा ल्याउने भएका छन्।

स्पेशल अडियोको माध्यमबाट दृष्टिविहीन हरुले पनि सुनेरै पनि बुझ्न पाउनेछन्। यस फिल्ममा कैयौं यस्ता सिन छन् जहाँ डायलग भन्दा पनि कुस्ती तथा शारिरिक हाउभाउको माध्यमबाट मनोरंजन दिइएको छ।

बलिउडका कुनै फिल्म यस अघि दृष्टिविहीनहरुको लागि भनेर विशेष गरि बनाइएको छैन्। दृष्टिविहीनकै लागि भनेर अडियो ट्रयाक राखेर फिल्मलाई परिवर्तित गरिएको यो नै पहिलो बलिउड फिल्म हुनेछ।