आमिरको फिल्म दंगल सेन्सरबोर्डबाट पास

dangal-aamir-759

यही डिसेम्बर २३ मा आउन लागेको आमिर खानको फिल्म दंगललाई सेन्सरबोर्डले जस्ताको त्यस्तै पास गरेको छ ।

दि टाइम्स अफ इन्डियाले जनाएअनुसार यसलाई यु प्रमाणपत्र दिइएको छ । यसअघि सेन्सर बोर्डले फिल्म निर्मातालाई धेरै दुःख दिने बताइँदै आएकोमा यो निर्णयलाई आश्चर्यजनक बताइएको छ ।

महाविर सिंह फोगत तथा उनका दुई कुस्ती खेलाडी छोरीहरुको वास्तविक कथामा यो फिल्म बनेको बताइएको छ ।

यस फिल्ममा आमिर खानले महाविर सिंह फोगत र साक्षी तनवरले उनको श्रीमतीको भूमिका निभाएका छन् । यसमा फतिमा सानिया शेखले गिता तथा सानिया मलहोत्राले बविताको भूमिका निर्वाह गरेका छन् ।

गीता र बविता महाविर सिंह फोगतका छोरीहरु हुन् उनीहरु कुस्ती खेल खेल्छन् ।

यो पनि हेर्नुहोस्-रिलिज पूर्व नै रेकर्ड राख्दै आमिरको दंगल