आमिरको ‘सीक्रेट सुपस्टार’ को ट्रेलर रिलिज (ट्रेलर सहित)

बलीउड सुपरस्टार आमिर खानको नयाँ फिल्म ‘सीक्रेट सुपस्टार’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा आमिरसँग ’दंगल’ गर्ल जायरा वसीम मुख्य भूमिकामा देखिएकी छिन् । ट्रेलरमा आमिरको भूमिका उनको अहिलेसम्मको फिल्मभन्दा विल्कुलै फरक छ ।

म्यूजिक डायरेक्टरको भूमिकामा आमिरलाई देखाइएको सो फिल्मले मुस्लिम परिवारको एक बालिकाको कथा बोल्छ, जसलाई गायिका बन्नु छ तर उनका पितालाई यो कुरा मन पर्दैन । आफ्नो सपना पूरा गर्नका लागि उनले युट्युबमा बुर्का लगाएर आफ्नो एक भिडियो अपलोड गर्छिन, जसलाई निकै रुचाइन्छ ।

‘सीक्रेट सुपस्टार’मा जायरा वसीम, मेहर विज र आमिर खानले प्रमुख भूमिका निर्वाह गरेका छन् । अद्वैत चन्दनको निर्देशनमा बनेको फिल्म ‘सीक्रेट सुपस्टार’ १९ अक्टोबरमा रिलिज हुँदैछ ।