आमिरले घटाए २८ किलो तौल

अभिनेता आमिर खानले सिनेमा दंगलमा पहलवान महावी फंटको भूमिका निभाएका छन् । जसको लागि उनले पहिले आफ्नो तौल बढाएर ९७ किलो बनाउनु परेको थियो र पछि फेरि २८ किलो तौल घटाएर सिकस प्याक बनाउनु परेको थियो ।

aamir-1_1480408582-1

हालैमात्र आमरिले यस बारेमा कुराकानी गर्दै आफूले फ्याट टु फिट लुक कसरी पाए त्यसबारेमा जानकारी दिएका छन् । जब आमिरले फ्याट लुकसँगै शुटिङ गर्ने योजना बनाए त्यस समय उनले तौल बढाउनको लागि आफ्ना खाना बढाउन थाले ।

उनले मोटाउनको लागि आईसक्रिम, केक, ब्लाउनीस, वडा पाव, समोसा जस्ता खाने कुराहरु धेरै खान थाले । जसले उनको पेट बढाउनमा सहयोग गर्यो । शरीरको तौल बढ्नासाथ उनको हाउ भाउमा पनि परिवर्तन आएको आमिर बताउँछन् ।

यहाँसम्मकी उनलाई जुत्ताको तुना बाँध्नमा पनि असहज हुन्थ्यो । आमिरले तौल बढाएपछि उनको बारेमा नानाथरी कुराहरु पनि आएका थिए । केहीले उनलाई अभिनेता आमिर छिट्टै नै आफ्नो ओभर तौलका साथ बजारमा आउँदैछन् भन्दै मजाक उडाउँथे ।

अरुले जे भनेपनि आमिरका छोरालाई भने उनको यो लुक निकै मन परेको थियो । उनका छोरा आजाद उनलाई मोटो भएका कारण बियर मान्दथे र खोज्दथे । छोटो समयमै तौल बढाएका आमिर फेरि छोटो समयमै तौल घटाउन पनि सफल भए ।

आमिरले फिट हुनको लागि पाँच महिनाको समय लिए र त्यस अवधीमा फिट भएपनि । हालैमात्र आमिरले एक भिडियो सेयर गरेका छन् जसमा उनले फ्याट टु फिट बडी पाउँदाका केही अनुभवहरु सेयर गरेका छन् ।

उनले फिट हुनको लागि दिनमा २५ ग्राम उपमा, १०० ग्राम मेवा, प्रोटिन शेक, टुना स्याण्डवीच र ३० ग्राम ग्रेनबाट बनेको रोटी खानुपर्थ्यो । यसका साथै उनले घण्टौसम्म एक्सरसाईज गरेर पसीना पनि बगाउनु परेको थियो ।