अडिसनमा फेल भईन सैफको छोरी सारा,आमिरसंग काम गर्न नपाउने

आमिर खानको सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’मा मुख्य अभिनेत्रीको रुपमा अभिनेता सेफअलि खानकी छोरी सारा अलि खानको नाम आएको थियो । तर हालै प्रकाशित खबरका अनुसार सारा सिनेमाको अडिशनमा फेल भएकी छिन् ।

sara-aamir

यहि कारण अब उनले यस सिनेमामा काम गर्ने छैनन् । भारतीय सञ्चार माध्ययमका अनुसार सारा अडिशनको लागि निर्माता आदित्य चोपडाकहाँ गएकी थिईन् । तर उनले आफ्नो अभिनयबाट आदित्यलाई ईम्प्रेस गर्न सकिनन् ।

यहि कारण आदित्यले सारालाई रिजेक्ट गरिदिएका छन् । सारा बिगत केही समय यता बलिउड डेब्युका कारण चर्चामा छिन् । केही समय अघि मात्रै उनी अभिनेता ऋतिक रोशनसँग ब्रेक लिने कुराले मिडियामा छाएकी थिईन् ।

त्यस्तै उनले करण जोहरको आगामी सिनेमा ‘स्टुडेण्ट अफ द ईअर २’ बाट ब्रेक लिने कुरा पनि थियो । तर यो खबर पनि गलत साबित भयो । उता अभिनेता रणवीर सिंहसँग पनि उनले डेब्यु गर्ने खबर आएको थियो । तर त्यो पनि गलत खबर थियो ।