ठग बन्दै आमिर खान

‘धुम ३’मा हाइटेक चोर बनेका बलिउड अभिनेता आमिर खान अब ठग बन्ने भएका छन्। उनी ‘धुम ३’ निर्देशकले बनाउन लागेको ‘ठग’ फिल्ममा देखिने पक्का भएको छ।

ठग बन्दै आमिर खान

यसराज फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा यसअघि ऋतिक रोशनलाई छनौट गरिएको थियो। ऋतिकले फिल्मको स्क्रिप्ट मननपराएपछि आमिरलाई प्रस्ताव गरिएको थियो। आमिरले भने स्क्रिप्टलाई तुरून्तै मनपराउँदै खेल्न राजी भएका हुन्।

आमिर आफ्नो हाल काम भइरहेको ‘दंगल’को काम सकेपछि यस फिल्मको तयारीमा लाग्ने बुझिएको छ। ‘दंगल’ यसे वर्ष डिसेम्बर २३ मा रिलिज हुँदैछ।

दंगाल प्रचारलाई आमिरले रोजे नयाँ हतियार !