आमेशले अशिष्मासँग जोडी बाँध्ने !

नायिका नीता ढुंगानाका पुर्व प्रेमी आमेश भण्डारीले नयाँ फिल्म पाएका छन् । बसन्त निरौलाले निर्देशन गर्ने फिल्ममा आमेशको अपोजिटमा नायिका अशिष्मा नकर्मी प्रस्तुत हुनेछिन् । आमेश र अशिष्मासँगै फिल्ममा कलाकार सलोन बस्नेत पनि मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

aamesh-asisma

फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ पछि आमेशले दोश्रो फिल्ममा अभिनय गर्ने अवसर पाएका हुन् । उसो त आमेश र नीताकै अभिनय रहेको फिल्म ‘तँ म र ऊ’ यसै वर्ष प्रदर्शनमा आएको थियो । नायिका नीता ढुंगानासँगको लामो प्रेम सम्बन्धमा ‘ब्रेक’ लागेपछि आमेश फिल्म नखेल्ने निर्णयमा पुगेका थिए ।

ब्रेकअप भएपछि नीता एक्सन कटमा व्यस्त हुँदा आमेश पनि अभिनयमा फर्किएका हुन् । दुवै फिल्मबाट असफलता पाएका आमेशलाई तेश्रो फिल्मले सफलता देला ?