चार जहाजबाट साढे सात अर्बको आम्दानी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम

एक वर्षमा अन्तर्राष्ट्रिय उडान गरेर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले साढे सात अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । चार ठूला जहाजको उडानबाट निगमले यो आम्दानी गरेको हो ।

गत आर्थिक वर्ष २०७२र७३ मा अन्तर्राष्ट्रिय सेवाबाट निगमले कुल ११ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांक संकलन गरे पनि उडानबाट मात्र उसले ७ अर्ब ५७ करोड रुपैयाँबराबरको आम्दानी गरेको हो । बाँकी आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य वायुसेवा कम्पनीलाई उपलब्ध गराइएको ’ग्राउन्ड ह्यान्डलिङ’ सेवाबाट कमाएको हो ।

निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले गत आर्थिक वर्षमा जति आम्दानी गर्ने लक्ष्य लिइएको थियो त्यसको ६५ प्रतिशत सफलता हात लागेको बताए । तर यसबाट सन्तुष्ट हुने ठाउँ नभएको भन्दै अब जति जहाज थपिँदै जान्छन्, आम्दानी पनि त्यहि अनुपातमा बढ्दै जाने शर्माले बताए ।

निगमले चार ठूला जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आए पनि पछिल्लो दुई महिनायता तीन जहाजमा खुम्चिएको छ । गत आर्थिक वर्ष एकदेखि डेढ महिनाजति एउटा बोइङ जहाज उड्न नसक्ने गरी थन्किएको थियो । त्यसबाहेक पूरै अवधि चार जहाजले अन्तर्राष्ट्रिय उडान गरेका थिए।

निगमसँग अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ’बि७५७–२००’ सिरिजका दुईथान र युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट क्षमतायुक्त ’ए्र३२०–२००’ सिरिजका दुईथान जहाज छन्। तीमध्ये एउटा बि७५७ हाल सिंगापुरमा ’ग्राउन्डेड’ छ। उक्त जहाजलाई सेवाबाट हटाउने निर्णय गरिसकेको निगमले यसलाई बिक्री गर्न वर्तमान बजाउभाउ मूल्यांकनका लागि ग्लोबल टेन्डटर आह्वान गरिसकेको छ।

यो पनि हेर्नुहेस्-नेपालमा हवाई इन्धन तीन गुणा महँगो , मूल्य कुन देशमा कति ?