आयरल्याण्डमा अहिलेसम्मकै विशाल तुफान आउने

विगत ५६ वर्ष यताकै शक्तिशाली ८० मिल प्रतिघण्टाको  तुफान ओफेलियाले आयरल्याण्डको तटीय क्षेत्रमा प्रवेश गरेको छ ।

मौसमविदले दक्षिण पश्चिम आयरल्याण्डतर्फ बढ्दै गरेको तुफानले विहान ११ बजेतिर तटीय क्षेत्रमा प्रवेश गर्ने र विस्तारै वेल्स र आइल अफ म्यानतर्फ सर्ने तुफानले निकै क्षति गर्ने चेतावनी दिएका छन् । उत्तरी आयरल्याण्ड र वेल्समा ७० मिल प्रतिघण्टा गतिको तुफान आउने र बेलायतका बाँकी स्थानहरुमा भारी वर्षा हुने भएकाले उद्धार दल तयारी अवस्थामा रहेको छ भने तुफानको भयले सार्वजनिक सेवाहरु स्थगित गरिएका छन् ।

आन्द्र महासागर पार गरेको ओफेलिया तुफानको सुचिमा राखिएपनि यो १९८७ मा १८ जनाको ज्यान लिने बिशाल हुरी जस्तै ३० वर्ष अघिको मौसमको अपवाद रहेको छ । विहान क्रस च्यानल फेरी कम्पनिहरुले खतरनाक समुद्री अवस्थाका कारण सुविधा स्थगन गरेपछि हजारौँ मानिसहरुलाई असहाय तुल्याएको छ ।

आयरल्याण्ड सरकारका अनुमाकर्ताले यो हाआहुरी १९६१ के तुफान डेब्बेइभन्दा निकै खतरनाक हुनसक्ने बताएका छन् । बेलायतका मौसमविदले यो सेप्टेम्बर २०११ को केटियापछिको ८१ मिलप्रतिघण्टाभन्दा उच्च गतिको संयुक्त राज्यको सबैभन्दा बिशाल उष्ण तुफान हुने भन्दै यो आयरल्याण्डमा विहानसम्म पुग्ने अनुमान गरेका छन् ।

तुफान आउने भएपछि आयरल्याण्डमा रेड एलर्ट घोषणा गरिएको छ भने विद्यालय लगायत अन्य कार्यालयहरु पनि बन्द गरिएका छन् ।

जापानको होकाइडोमा शक्तिशाली तुफान