आयरल्याण्डमा एक जापानीको हत्या , दुइ घाइते

आयरल्याण्डको सडकमा भएका दुइ फरकफरक आक्रमणमा एक जापानीको छुरा प्रहारबाट हत्या भएको छ भने अन्य दुइजना घाइते भएका छन् ।

अनुसन्धान गरिरहेका प्रहरीका अनुसार उक्त घटनाहरु आतंकवादी आक्रमण भएको आशंका गरेका छन् । उक्त आक्रमणको अभियोगमा इजिप्टका १० वर्षिय नागरिकलाइ पक्राउ गरी उत्तरी आयरल्याण्डको दक्षिणी सिमानामा रहेको डन्डल्क प्रहरी चौकीमा राखिएको छ । पछिल्ला दिनहरुमा आयरल्याण्डमा शरणार्थीको रुपमा बस्दै आएका अभियुक्तको पहिचान भने नभएको प्रहरीले बताएका छन् । हत्या गरिएका जापानीको पनि पहिचान गोप्य राखिएको छ तर उनी गत वर्षदेखि आयरल्याण्डमा बस्दै आएका २४ वर्षिय जापानी नागरिक रहेको प्रहरीले बताएका छन् ।

बुधबार डन्डल्कको सडकमा विहान छुरा प्रहार गरिएका जापानीको घटनास्थलमै मृत्यु भएको र अन्य दुइजनामाथी डन्डल्ककै अन्य स्थानमा आक्रमण गरिएको स्थानिय संचार माध्यमले बताएका छन् ।

पिर्काले हानेर श्रीमतीद्वारा श्रीमानको हत्या