आयातित संस्कृति र धर्मलाई निरुत्साहित गरौं : पूर्व राजा

पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यत्तः गर्दै आयातित धर्म र संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ ।

विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो ।

सन्देशमा उहाँले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बताउँदै नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गर्नुभएको छ ।

पूर्व राजाको प्रश्न अहिलेको अवस्था प्रजातन्त्र हो ?