स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय

दलहरुले मतदाता नामावली संकलन गर्ने सयम थप्न माग गरेपछि निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । आयोगले साथै समय पनि थप गरेको छ ।

आयोगको यो निर्णयसँगै मतदाता नामावलीमा नाम लेखाउनकै लागि जिल्ला सदरमुकाम आउने पर्ने बाध्यता हटेको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले मतदाता नामावली संकलनलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म पुग्ने निर्णय गरेको हो ।

साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचनको मिति घोषणा नहुँदासम्म नामावली संकलन गर्ने निर्णय भएको छ । अन्य स्थानीय तहको कार्यालयमा साउन १६ देखि ३२ गतेसम्म नाम दर्ता तथा संकलन गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । प्रमुख राजनीतिक दलहरुले पनि स्थानीय तहको केन्द्रबाटै नामावली संकलन गर्न माग गरेका थिए ।