आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दस्तखत माग

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमूना माग गरेको छ। राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदै छ। राष्ट्रियसभा निर्वाचनमा भाग लिन २१ दल निर्वाचन आयोमा दर्ता भएका छन्।

आयोगले सोमबार सूचना जारी गर्दै उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थर, पद र दस्तखतको नमूना पेश गर्न दलहरुलाई माघ ३ गतेसम्मको समय दिएको छ। मनोनयनको औपचारिक पत्र प्रदान गर्न दलले अख्तियारी दिएको व्यक्ति निर्वाचन आयोगमा अद्यावधिक गरिएको दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी आयोगको सूचनमा उल्लेख छ ।

त्यस्तै निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमूना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपीसमेत पेश गर्नुपर्ने बताएको छ। आयोगका अनुसार दस्तखत नमूना फारम वेबसाइट र आयोगबाट लिन सकिने छ।

सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना