आयोगले घटायो मतदान केन्द्र, मतदानस्थल ८ सयले बढ्यो

chu

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रको संख्या घटाउने निर्णय गरेको छ।

यसअघि २१ हजार मतदान केन्द्र रहने निर्णय गरेको आयोगले मतदान केन्द्रको संख्या घटाएर १८ हजार ५ सय ७२ बनाएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए।

मतदान केन्द्र घटेपछि मतदान स्थलको संख्या ८ सयले बढेको छ। अब १० हजार ६ सय ४० मतदान स्थल हुनेछन्। आयोगले ६२ जिल्लाको मतदाता परिचयपत्र छापिएको जानकारी दिएको छ। त्यस्तै ७३ जिल्लाको मतपत्र छपाईको काम सकिएको आयोगले जनाएको छ।

निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्ने प्रतिवद्धता