आयोगले सार्वजनिक गर्‍यो राष्ट्रियसभा निर्वाचनको मतपत्र

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि मतपत्र सार्वजनिक गरेको छ। ५६ जनाको लागि हुने निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

अब ३२ पदका लागि ५२ जनाबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ। प्रदेश २ मा ८ जना नै निर्विरोध निर्वाचित भएका हुन्। राष्ट्रियसभा निर्वाचनमा प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मत खसाल्नेछन्। राष्ट्रियसभाको निर्वाचन माघ २४ मा हुँदैछ।

प्रदेशको छुट्टाछुट्टै मतपत्र नमुना हेर्न तल क्लिक गर्नुहोस्-

प्रदेश १ को मतपत्र

प्रदेश ३ को मतपत्र

प्रदेश ४ को मतपत्र

प्रदेश ५ को मतपत्र

प्रदेश ६ को मतपत्र

प्रदेश ७ को मतपत्र

निर्वाचनको अनुकूल वातावरण बनाउन निर्वाचन आयोगको अपिल

आयोगले सार्वजनिक गर्‍यो अन्तिम समानुपातिकतर्फको सूची, २ सय ५३ जना अयोग्य

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । जसमा २ सय ५३ जना उम्मेदवार अयोग्य रहेको रहेको आयोगले जानकारी दियो ।

उम्मेदवारको उम्मेदवारी रद्द भएको र थप ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आयोगले आइतबार समानुपातिकफर्तका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै अब ५ हजार ८ सय ३८ जनाको उम्मेदवारी कायम रहेको जनाएको छ। पहिले बन्द सूचीमा ६ हजार ९४ जनाको उम्मेदवारी रहेको थियो।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ ५८३८ जना उम्मेदवारहरु मध्ये  समावेशी समूह अनुसार आदिवासी जनजाती समूहमा ७६७ जना पुरुष, ८८१ जना महिला र १ जना अन्य   गरि जम्मा १६४९(२८.२५%) जना, खस आर्य समूहमा ८४५ जना पुरुष र ९४७ जना महिला गरि जम्मा १७९२(३०.७०%) जना,  थारु समूहमा १५५ जना पुरुष र २४९ जना महिला गरि जम्मा ४०४(६.९२%) जना, दलित समूहमा ३३६ जना पुरुष र ४५९ जना महिला गरि जम्मा ७९५(१३.६२%) जना,  मधेशी समूहमा ४३७ जना पुरुष र ५३५ जना महिला गरि जम्मा ९७२(१६.६५%) जना,  मुस्लिम समूहमा ८० जना पुरुष र १४६ जना महिला गरि जम्मा २२६(३.८७%) जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधि सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ २२७३ जनाको उम्मेदवारी कायम भएको छ जसमध्ये १०४८ जना पुरुष उम्मेदवार,  १२२४ जना महिला उम्मेदवार र १ जना अन्‍य लिङ्गको उम्मेदवारी कायम भएको छ, जस अनुसार पुरुष ४६.११ प्रतिशत, महिला ५३.८८ प्रतिशत र अन्य ०.०४ प्रतिशत कायम हुन आउँछ । २२७३ जना उम्मेदवार मध्ये समावेशी समूहको आदिवासी जनजातीमा जम्मा ६५५(२८.८२%), खस आर्य समूहमा जम्मा ७०३(३०.९३%), थारु समूहमा जम्मा १५१(६.६४%), दलित समूहमा जम्मा ३१५ (१३.८६%), मधेशी समूहमा जम्मा ३५५ (१५.६२%) र मुस्लिम समूहमा जम्मा ९४ (४.१४%) जनाको उम्मेदवारी कायम भएको छ ।

प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ प्रदेश नं.  १ देखि ७ सम्ममा १५७२ जना पुरुष र १९९३ जना महिला गरी जम्मा ३५६५ जनाको उम्मेदवारी कायम भएको छ, जस अनुसार ४४.१० प्रतिशत पुरुष र ५५.९० प्रतिशत महिलाको उम्मेदवारी देखिन्छ । प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ समावेशी समूह अनुसार प्रदेश सभा तर्फ आदिवासी जनजाती समूहमा ४४९ जना पुरुष र ५४५ जना महिला  गरी जम्मा ९९४(२७.८८%) जना, खस आर्य समूहमा ५०२ जना पुरुष र ५८७ जना महिला सहित जम्मा १०८९(३०.५५%) जना,  थारु समूहमा १०३ जना पुरुष र १५० जना महिला गरि जम्मा २५३(७.१०%) जना, दलित समूहमा १९३ जना पुरुष र २८७ जना महिला गरि जम्मा ४८०(१३.४६%) जना,  मधेशी समूहमा २७७ जना पुरुष र ३४० जना महिला गरि जम्मा ६१७(१७.३१%) जना,  मुस्लिम समूहमा ४८ जना पुरुष र ८४ जना महिला गरि जम्मा १३२(३.७०%) जनाको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन आयोगमा नमूना मतदान