आयोजक दमकलाई ६-० ले हराउँदै आर्मी सेमिफाइनलमा

आर्मी

आयोजक दमक–११ लाई हराउँदै त्रिभुवन आर्मी क्लब दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजकलाई ६–० ले फराकिलो गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुग्न सफल भएको हो ।स्थानीय दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा आर्मीका नवयुग श्रेष्ठले छैठौँ मिनेटमै गोल गर्नुभएको थियो । दोस्रो गोल खेलको २० औं मिनेटमा कप्तान भरत खवास, २२ औं मिनेटमा पुनः नवयुगले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्नुभएको थियो । ५३ औं मिनेटमा आर्मीका लागि विमल पाण्डेले चौथो गोल गर्नुभयो ।

त्यस्तै, ६८ औं मिनेटमा जर्ज प्रिन्स कार्की र ८५ औं मिनेटमा नवयुगले टिमका लागि छैटौं तथा व्यक्तिगत ह्याट्रिक पूरा गर्नुभएको थियो । आर्मीले मनाङ मस्र्याङ्दी क्लब र सरस्वती क्लबबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेलमा विजेता आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै रु ११ हजार प्राप्त गरे ।

नवयुग

गोल्डकपको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख प्राप्त गर्नेछ । गोल्डकपमा आइतबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच क्वार्टरफाइनल खेल हुनेछ ।

झापा ११ लार्ई सडेन डेथमा पराजित गर्दै आर्मीलाई झापा गोल्डकपको उपाधि