श्रीमानलाई कोठामा थुनेर आयो लगाएर हत्या

श्रीमानलाई कोठामा थुनेर आगो लगाएर हत्या गरेको अभियोगमा प्रहरीले भक्तपुरको थिमिबाट एक महिलालाई पक्राउ गरेको छ ।

सोमबार राति मध्यपुर थिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीको घरमा डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक सिपामंखाका ४० वर्षीय विदुर नेपाललाई उनकी श्रीमती गीता नेपालले कोठामा आगो लगाइ हत्या गरेको भन्दै प्रहरीले नियनत्रणमा लिएर अनुसन्धान थालेको हो ।

नेपालीकी दुई श्रीमती छन् । कान्छी श्रीमती माईत गएका बेला राति कोठामा थुनेर आगो लगाएको हुन सक्ने प्रहरीले जनाएको छ । आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई मात्र हेरेको भन्दै गीताले श्रीमानलाई कोठामा राखेर आगो लगाएको आशंका गरिएको छ । कोठामा आगो लगाएर फरार भएकी गितालाई प्रहरीले भक्तपुरको जगातेबाट पक्राउ गरेको हो ।
आगलागीमा परेका नेपालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

आत्महत्याको प्रयास गर्ने निर्वाचन अधिकृतलाई काठमाडौँ ल्याइयो