आयो ‘लभ यु हमेशा’ को टिजर (टिजर सहित)

लभ यु हमेशा

लभस्टोरी फिल्म ‘लभ यु हमेशा’ को टिजर सार्वजनिक गरिएको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको फिल्मको राजधानीमा प्रेसमिट गरि नयाँ प्रदर्शन मितिका साथमा टिजर प्रदर्शन गरिएको हो ।

पहिला भदौ ६ मा रिलिज हुने बताइएको भए पनि ‘लभ यु हमेशा’ अब भदौ २७ मा दर्शकमाझ आउने छ । फिल्मको प्राबिधिक कार्यमा केही समय लाग्ने भएकाले फिल्म तीन साता पर सरेको निर्माण पक्षले बताएको छ ।युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन, शिसिर राणा, गोपाल ढकाल (छन्दे),सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मो, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

भासुको संगीत रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन र कमल राईको कोरियोग्राफी छ । शिब ढकालले खिचेको फिल्मको सुटिङ भारतको कालेबुङ, सिलगुडीमा गरिएको हो । फिल्मको एउटा गीत र केही दृश्य सिंगापुर र फिलिपिन्समा खिच्नका लागि यसै साता फिल्म युनीट फिलिपिन्स उड्दैछ । कार्यक्रममा निर्देशक भास्करले पूर्ण मनोरञ्जक फिल्म निर्माण गरेको बताए । निर्माता यवनले दर्शकको मनोरञ्जनका लागि दिल खोलेर लगानी गरेकाले सबैको माया पाउने विश्वास ब्यक्त गरे ।

अभिनेता यशराजले ‘लभ यु हमेशा’को स्क्रिप्ट निकै मन परेकाले मिहीनेतका साथ काम गरेको बताए । त्यसैगरी, अभिनेत्री ऋचाले पनि यो फिल्मबाट आफ्नो करिअर उचाइमा पुग्ने आशा ब्यक्त गरिन् । धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई रिच इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।

टिजर –

फिल्म ‘सोच’ को टिजर सार्वजनिक (टिजर सहित)