क्युवामा अमेरिकाको ब्यापार प्रतिबन्ध हटाउन माग

ar-150219934
सोमबार अमेरिकाको व्यापार प्रतिवन्ध अन्त्य गर्न क्युबाको उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयमा पढ्ने विद्यार्थीले माग गरेका छन् ।

उनीहरुले आधा दशकदेखि जारी रहेको अमेरिकी प्रतिवन्धले करोडौँको आय तथा उत्पादन गुमेको बताएका छन् ।

प्रतिवन्ध हटाउनका लागि विश्वविद्यालय विद्यार्थी महासंघले संयुक्त राष्ट्रसंघ लगायतलाई दवाव सृजना गर्न कार्यक्रमको आयोजना गरेका हुन् ।

गतबर्ष राष्ट्रसङ्घको महासभामा कुल १ सय ९१ देशमध्ये अमेरिका र इजरायलले व्यापार प्रतिवन्ध हटाउन हुँदैन भन्ने पक्षमा मतदान गरेका थिए, भने अरु सबै दशले हटाउनु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए ।

क्युबाका विद्याथीले दवाव स्वरुपमा प्रतिबन्धको पक्ष र विपक्षमा मतदान गर्न सकिनेगरी अनलाइन मतदान गर्ने पनि व्यवस्था गरेका छन् ।

अहिलेसम्म सत्र हजार २६८ जनाले सो अनलाइनमा मतदान गरेका बताइएको छ ।

विद्यार्थीले यस्तै विभिन्न सृजनात्मक उपायको प्रयोग पुरानो प्रतिबन्धका विरुद्धमा अभियान चलाएका छन् ।

यो पनि हेर्नुहोस्-अमेरिकी प्रख्यात पप गायिका म्याडोना जन्मदिन मनाउन क्युबा पुगेपछि…