एमालेको सभा बिथोल्न खोज्ने एकजनाको गोली लागेर मृत्यु

madheshi-workers

सप्तरीको राजविराजमा एमालेको कार्यक्रम बिथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मलेठ– २ का सञ्जन मेहता रहेको बताइएको छ । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडप भएको र त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर मेहताको मृत्यु भएको हो ।

एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।

सोमबार बिहानैदेखि सो क्षेत्र तनावग्रस्तत थियो । दिउँसो एमालेको सभास्थललाई मधेशी मोर्चाको कार्यकर्ताले सभा चलिरहँदा घेरा हालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

सभा सुरु हुनु अघि पनि प्रहरी र मोर्चा कार्यकर्ता बीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका थिए ।