एमालेद्धारा सर्वदलीय बैठक बहिष्कार

राष्ट्रिय सहमतिको सरकारको वकालत गर्दै आएको एमालेले कांग्रेसले बोलाएको सर्वदलिय बैठक बहिष्कार गरेको छ । राष्ट्रिय सहमतिको सरकार गठनका लागि आयोजना गरिएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरे पनि अन्य दलको बैठक जारी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै डाकेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएको हो । नयाँ बानेश्वरमा जारी बैठकमा एमाले बाहेकका दलहरुले भाग लिएका छन् ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा गुज्रिनै लाग्दा दलहरु छलफलमा जुटेका हुन् । त्यसैले यो सर्वदलीय बैठक खाली औपचारिकताका लागि मात्रै भएको नेताहरुकै भनाइ छ । कांग्रेस नेता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, ‘सहमतीय सरकारको सम्भावना छैन । तैपनि एकचोटी पहल गरिएको हो । यो समय सकिएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्छ ।’ राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि राष्ट्रपतिले दिएको समय बुधबारसम्म छ ।

उदयपुरमा एमाले, काँग्रेस, माओवादीले उम्मेदवार निर्धारण गरे