एमालेले गर्यो ससद अबरुद्ध : तराईलाई अलग गर्न खोजेको आरोप

bamdev

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सरकारले तराईलाई मुलुकबाट अगल गर्ने गरी संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाउनुभयो ।

गौतमले यस्तो प्रस्ताव कुनै पनि हालतमा अगाडि बढ्न नदिने भन्दै संसद अबरोध गर्ने जनाउ दिएपछि एमालेका सांसदहरुले उठेर नाराबाजी गरेका थिए ।

बैठकमा बोल्दै गौतमले मुलुकमा निर्वाचन गर्नुपर्ने बेला सरकारले देशलाई अर्कै दिशातर्फ मोड्न र निर्वाचन नहुन दिन सरकारले संशोधन प्रस्ताव दर्ता गरेको आरोप लगाउनुभयो ।

गौतमले बोलिसकेपपछि नेकपा एमाले, नेकपा माले, नेमकिपा तथा राजमोलागतका दलले व्यवस्थापिका संसद बैठक अबरोध गरे । उनीहरुले आफ्नो आशनबाट उठेर विरोध गरेका थिए । सभामुखले संविधान संशोधन प्रस्तावको विषयमा कार्यसूचिमा नरहेको भन्दै आशन ग्रहण गर्न आग्रह गरे पनि प्रतिपक्ष दलहरुले नमानेपछि संसद बैठक शुक्रबार दिउँसो ३ बजेसम्मकालागि स्थगित गर्नुभयो ।

संशोधन प्रस्तावको चौतर्की विरोध भइरहेका बेला बुधाबर बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव संसदमा पेश हुन नदिने निर्णय गरेको थियो ।

uml-pms

संविधान संशोधन प्रस्तावको बिरोधमा राजधानीदेखि विभिन्न जिल्लामा बिरोध प्रदर्शनका साथै बन्दको आव्हान गरिएको छ । प्रदेश नं. ५ का तराईबाट अलग गरिएका जिल्लामा आन्दोलन चर्किरहेको छ । उता मधेशी मोर्चाले पनि संशोधन प्रस्तावको समर्थन गरेको छैन ।

संशोधन प्रस्तावबिरुद्ध प्रदेश पाँचका विभिन्न जिल्ला आन्दोलित