एमालेले तोक्यो सातै प्रदेशमा प्रमुख र उपप्रमुख

नेकपा एमालेले सातै वटै प्रदेशका प्रमुख र उपप्रमुख तोकेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको स्थायी समिति बैठकले प्रदेश कमिटिलाई पूर्णता दिँदै प्रमुख र उपप्रमुख तोकेको हो ।

बैठकले प्रदेश नम्बर १ को प्रमुखमा भिम आचार्य र उपप्रमुखमा शेरधन राई, प्रदेश नम्बर २ को प्रमुखमा सत्यनारायण मण्डल र उपप्रमुखमा नागेन्द्र चौधरी, प्रदेश नम्बर ३ को प्रमुखमा अष्टलक्ष्मी शाक्य र उपप्रमुखमा काशिनाथ अधिकारीलाई चयन भएका छन् ।

यस्तै प्रदेश ४ को प्रमुखमा किरण गुरुङ्ग र उपप्रमुखमा गणेश तिमिल्सेना, ५ नम्बर प्रदेशको प्रमुखमा विष्णु पौडेल र उपप्रमुखमा दलबहादुर रानामगर, ६ नम्बर प्रदेशको प्रमुखमा युवराज ज्ञवाली र उपप्रमुखमा यमलाल कँडेल र ७ नम्बर प्रदेशको प्रमुखमा भिम रावल र उपप्रमुखमा कर्ण थापालाई चयन भएका छन्।

यो पनि पढ्नुहोस्

नागरिकता, प्रदेशको संख्या र सिमांकनमा मोर्चाभित्रै बेमेल !