संशोधन ल्याउँदैमा राष्ट्रघात हुँदैन, एमालेले बुझ्नुपर्छ : नेता सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले संविधान संशोधन अगाडि बढाउँदैमा राष्ट्रघात हुन्छ भन्ने तर्क नगर्न एमालेलाई आग्रह गर्नुभएको छ ।काठमाडौंको बुधनगरमा शनिबार थर्ड आई युवा कल्बले आयोजना गरेको सरसफाइ कार्यक्रममा बोल्दै नेता सिंहले एमालेले आफ्नो दायित्व र जिम्मेवारी बुझ्नु पर्ने बताउनुभयो ।

prakashman-singh-1-650x488

संविधान कायनयन गराउने दाइत्व संविधान जारी गर्ने सबै राजनीतिक शक्तिहरूको भएको भन्दै नेता सिंहले भन्नुभयो, ‘अहमति र तिक्ततताबाट समाधान आउँदैन ।’‘जसरी अहिलेको अवस्थामा संशोधन हुँन सक्दैन भन्ने जबरजस्त तर्क अगाडि सारिएको छ स्थानीय प्रान्तीय र केन्द्रीय चुनाव नभएको अवस्थामा यहि रुपान्तरित संसदले संशोधन गर्न सक्छ’, उहाँले भन्नुभयो ।

उहाँले संविधानले के गर्न दिन्छ के गर्न दिँदैन अध्ययन गर्न एमालेलाई सुझाव दिनुभएको छ ।आफ्नो नेतृत्वमा ल्याएको संविधान कार्यन्वयनका लागि कांग्रेसले पहल गर्ने उहाँको भनाइ छ ।कांग्रेस नेता सिंहले भन्नुभयो, ‘कांग्रेस संविधान कार्यान्वयनमा दृढताका साथ लाग्छ ।’