एमालेले संसदलाई बन्दी बनायो: कांग्रेस नेता महत

नेपाली कांग्रेसका नेता रामशरण महतले सबै मुद्दाहरुको छलफल गर्ने र उपयुक्त निकास दिने थलो संसदलाई एमालले बन्दी बनाएको भन्दै तत्काल खुलाई संसद सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । डडेल्धुरामा शनिबार नेता महतले हिउँदे अधिवेशन शुरु हुने बेलामा बर्षे अधिवेशन नै नसकिएको उल्लेख गर्दै एमालेले संसद सुचारु गर्न सहयोग गर्नुपर्ने र चित्त नबुझेका विषयलाई छलफल, बहस र संसदीय प्रक्रिया अनुरुप निकास दिनुपर्ने बताए।

संसदमा प्रस्तुत संविधान संशोधनको विषयलाई प्रक्रियामा ल्याउन दिनुपर्नेमा जोड दिदै उनले सीमांकन हेरफेरको विषयलाई सम्वन्धित प्रदेशको अधिकार क्षेत्र भनी संबिधानमा स्पष्ट उल्लेख भएकोले प्रदेशसभालाई छोडिदिनुपर्ने बताए । उनको भनाई थियो, केन्द्रलाई हस्तक्षेप गर्ने अधिकार छैन । स्थानीय जनताले जे चाहन्छन् त्यही नै लोकतान्त्रिक विधि हो।

आफ्नो व्यक्तिगत विचार भन्दै उनले भने, मेरो विचारमा संबिधान संशोधनको विषयलाई संसदमा प्रवेश गर्न दिनुपर्छ । छलफल र बहस हुँदै गर्छ । मुलुक पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव सञ्चालन गर्नुपर्छ । नयाँ संरचना अनुरुप चुनाव गर्न प्रशासनिक तथा भौतिक पूर्वाधार हामीसँग तत्काललाई छैन। यही उपाय नै उपयुक्त हुने उल्लेख गर्दै उनले भने, ‘संविधानले निर्देशन गरेअनुरुप चुनाव गर्नैपर्नेछ ।