एमालेले संसद र सडकबाट आन्दोलन चर्काउने, सांसदलाई राजधानी नछाड्न निर्देशन

uml

सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछि प्रमुख विपक्षी दल नेकपा एमालेले त्यसको विरोध गर्दै बिहीबारबाट संसद अवरुद्ध गर्ने र सडकमा समेत आन्दोलन चर्काउने निर्णय गरेको छ ।

विरामी भएका कारण अध्यक्ष केपी ओली अनुउपस्थित एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष बामदेव गौतमले सशक्त आन्दोलनमा जाने निर्णय सुनाउनुभएको थियो ।

एमाले संसदीय दलले सबै सांसदहरुलाई प्रतिवाद गर्न र सदनमा संघर्ष चलाउनुपर्ने भएकाले राजधानी नछोड्न निर्देशन दिएको छ । एमाले संसदीय दलको बैठकले संविधान संशोधन विधेयक राष्ट्रघाती भएको ठहर गर्दै त्यसविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको हो ।

एमाले सांसद रवीन्द्र अधिकारीले बिहिबारबाट राष्ट्रघाती निर्णयको विरुद्ध एमाले संसदमा आफ्ना कुरा राखेपछि अवरुद्ध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले सीमा फेरबदल गर्ने गरी मंगलबार राति संसदमा संविधान संशोधन विधेयक पेश गरेको थियो । उक्त विधेयकमले मुलुकलाई झन् द्वन्द्व र विखण्डन तर्फ लैजान मलजल गर्ने भन्दै एमालेले यस विरुद्ध संघर्षमा उत्रिन सबैलाई आह्वान गरेको छ ।

एमालेले संसद भित्र र बाहिर रहेका सबै दल र जनसमुदायलाई आन्दोलनमा उत्रिन आह्वान गरेको छ ।

जसका लागि भनियो उसैको आपत्ति, संशोधन कसलाई ?