एम्बुलेन्स र ट्रक ठोक्कियो,नवजात शिशु सहित तीनजनाको ज्यान गयो

रौतहटमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मेत्यु भएको छ । विरगञ्जबाट सकुवापा तर्फ छुटेको ज १ च ३४३ नम्बरको एम्बुलेन्स र ना २ ख ९६९८ नम्बरको ट्रब चन्द्रपुर नगरपालिका वडा नं १३ मा एक आपासमा ठोक्किएको थियो ।

एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सुत्केरी महिला, नवजात शिशु र चालकको मृत्यु भएको रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले जानकारी दिनुभयो ।मृतयुहुनेहरुमा सुरेश विक, घाइते सुत्केरी सकुवापाकी २२ वर्षकी हसिबुन खातुन र उनको छोरा रहेका छन् ।ट्रक चालक भने फरार भएका छन् ।