एयर बेलुनमा आगलागी हुँदा अमेरिकामा १६ जनाको मृत्यु भएको आशंका

अमेरिकाअमेरिकाको टेक्सस राज्यमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको आशंका गरिएको छ । अमेरिकी अधिकारीले यसमा सवारहरुको जीवित हुने सम्भावना कम रहेको बताएका छन् ।

स्थानीय समय अनुसार बिहान ७ : ४० मा यो दुर्घटना भएको हो । एयर बेलुन खेतमा झरेको छ । यो ठाउँ टेक्सासको राजधानीबाट झण्डै ५० किलोमिटर टाढा छ ।

सञ्चार माध्यमले विजुलीको तारमा ठोक्किएर आगो लागेको हुनसक्ने भन्दै समाचार छापेका छन् । लोकहार्टले समाचार लेखेको छ एयर बेलुन एक घण्टाका लागि उडेको थियो तर आधा घण्टामा नै खस्यो । नेशनल टान्सपोर्ट सेफ्टी बोर्डले यो घटनाको छानबिन गरिरहेको छ ।

यो पनि हेर्नुहोहोस्:- अमेरिकीमा बन्दुक आक्रमणबाट तीनजनाको मृत्यु