एर्नेष्टो बालभर्डे बार्सिलोनाको नयाँ प्रशिक्षक

बार्सिलोनाले लुइस इनरिकको विदाईसँगै नयाँ प्रशिक्षकका रुपमा एथ्लेटिको बिल्वाओका एर्नेष्टो भाल्भर्डेलाई नियुक्त गरेको छ ।
भाल्भर्डेले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेयले ५३ बर्षीय भाल्भर्डे निर्णय गर्नसक्ने खुवी भएको, क्षमतावान र अनुभवी रहेकाले नियुक्त गरेको उल्लेख गरेका छन् ।

बार्सीलोनाका पूर्व स्ट्राइकर भाल्भर्डेले गत साता एथ्लेटिको विल्बाओ छोड्ने घोषणा गरेका थिए । उनले सन १९८८ देखि १९९० सम्म डच प्रशिक्षक योहान क्रफको नेतृत्वमा बार्सिलोना बाट खेलेका थिए । २४ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका भाल्भर्डेले २२ खेल खेल्दै आठ गोल गरेका थिए । चोटका कारण उनले दुइ सिजन मैदान बाहिर विताएका थिए ।

बार्सिलोना छाडेर एथ्लेटिको बिल्वाओ पुगेका भाल्भर्डेले त्यसयता ६ वर्षको अवधिमा एक सय ७० खेल खेल्दै ४४ गोल गरेका थिए ।

बार्सिलोनाको कोपा डेल रे उपाधिमा हृयाट्रिक