एलिशाको ‘मखमली चोली’मा अल्झिए पुष्प (भिडियो)

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत ‘मखमली चोली’ रिलिज भएको छ।

शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको’ मखमली चोलीमा’ गायक सुमन केसी र गायिकामेलिना राईको स्वर सुन्न सकिन्छ र उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ ।

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पुष्प र एलिशाको केमेष्ट्रि खुबै मिलेको देखिन्छ। भिडियोमा पुष्प र एलिशाको प्रेमलाई देखाइएको छ।

राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर फडिन्द्र राई हुन्।