एलिशाले जितिन मिस राईको ट्रफी

सिटिभी मोवाइल ‘मिस राई–२०१७’को उपाधी एलिशा राईले जितेकी छिन् । ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् । विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटर समेत पाइन् ।

जमल स्थित ‘राष्ट्रिय नाचघर’मा आयोजित प्रतियोगीतामा इशारा राई फष्ट रनरअप र अस्मिता राई सेकेन्ड रनरअप घोषित भए ।किरात समुदायका युवतीहरुको किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्धि, व्यक्तित्व विकास गर्नका लागी आयोजना गरिदै आएको प्रतियोगीतामा बिभिन्न दर्जन बिधामा टाइटल बाँडिएको थियो ।

कोरियोग्राफर रिनेशा राई, समाजसेवी दिपिप रुङमाङ, विजनेशम्यान निराजन सिंह, गायिका पार्वती राई, गायक अशोक मुकारुङ प्रतियोगीताको निर्णायकमा रहेका थिए ।