एलिसा राईको ”आँखामा गाजल”लगाउदै आकाश(भिडियो सहित)

आँखामा गाजल

अहिलेकी चर्चित डान्सर मोडेल एलिसा राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायिका शर्मिला राईको स्वरमा रहेको ”आँखामा गाजल”मा चर्चित युवा गीतकार डी पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।

उदयराज पौडेलको संगीत संयोजन रहेको छ म्युजिक भिडियो’को अभिनयमा एलिसालाई आकाश राईले साथ दिएका छन् ।धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ।

भिडियोमा गीतको मर्मअनुसारनै बिशेष गरी किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले जानकारी दिनु भयो ।

भिडियो –

हेमन्त शर्माको ‘बरिखा’ मा भिमफेदी गाइजसँगै एलिसा राई (भिडियो सहित)