एलेप्पोमा फसेका मानिसहरुको भावुक सन्देश

appolo

विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी एलेप्पोको सानो क्षेत्रमा फसेका मानिसले भावुक सन्देश छोडेका छन् । सिरियाली सेनाको तीब्र बमबारीका बिच त्यहाँका नागरिकले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरेका छन् ।

लिना शमी नामकी एक महिलाले आफ्नो ट्विटरमा  ‘पूरै विश्वका मानिस, नसुत्नु । तपाईहरु केही गर्न सक्नुहुन्छ, प्रदर्शन गर्नुस । तर यो नरशंहारलाई रोक्नुहोस् ।’ भनेर एक भिडियो सन्देशबाट सबैलाई भावुक बनाउकी हुन् ।

भिडियो सन्देशमा उनले राष्ट्रपति बसर अल असदको तानाशाहको विरोधमा रहेका ५० हजार भन्दा धेरै मानिस नरशंहारको खतरमा रहेको बताएकी छिन् । उहाँ जस्तै अरु धेरैले मानवीयताको रक्षाका लागि आह्वान समेत गरेकी छिन् ।


चिहानमा परिणत हुने खतरामा एलेप्पो शहर