बिद्रोहीको दुई अखडामा सिरियाली सेनाको नियन्त्रण

siriyaसिरियाको ऐतिहासिक शहरको रुपमा चिनिने एलेप्पो शहरका केही क्षेत्रमा सरकारी सेनाले फेरी आफ्नो नियन्त्रण कायम गरेका छन् । 

गत महिना बिद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण कायम गरेको छ । बिद्रोहीको नियन्त्रणमा रहेको पूर्वी जिल्लामा सेनाले घेराबन्दी गरेको पर्यवेक्षकले बताएका छन् ।

siriya2
सरकारी सेनाले बिद्रोहीका दुई अखडा नियन्त्रणमा लिएका छन् । यस्तै बिद्रोहीले आवश्यक सामग्री ल्याउने लाइन पनि सरकारी सेनाले काटिदिएको छ ।

सरकारी सेनालाई सिरियाली तथा रुसी लडाकु विमानले साथ दिएका छन् । एलेप्पोको बिद्रोही नियन्त्रित क्षेत्रमा झण्डै साढे दुई लाख मानिसको बसोबास छ ।


सिरियाका डक्टरले लेखे ओबामालाई चिठ्ठी