पुन: मेस्सीले बचाए बार्सिलोनालाई, एल्थेटिको २-१ ले पराजित (भिडियो)

 

 बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा बर्सिलोना बिजयी भएको छ ।

एल्थेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २-१ ले बिजयी भएको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । तर दोस्रो हाफको ६४ औं मिनेटमा बार्सिलोनाले राफिन्हाले गोल गर्दै बार्सालाई अग्रता दिलाए। तर ७० औं मिनेटमा एल्थेटिको मड्रिडका डिएगो गोडिनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

तर ८६ औं मिनेटमा पुन: मेस्सीले निर्णायक गोल गरेपछि बार्सिलोना २-१ ले बिजयी भयो । आइतबार खेपछि २३ खेल खेलेको रियल ५५ अंक सहित शीर्षस्थानमा रहेको छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ५४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।