एल क्लासिको खेलमा रियल र बार्सिलोनाले २-२ को बराबरी खेले (हाईलाइट्स भिडियो)

एल क्लासिको

स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । यस अघि नै उपाधि जितिसकेको बार्सिलोनाले आइतबार राति भएको जारी सिजनको अन्तिम एल क्लासिको खेलमा रियल मड्रिडसंग २-२ को बराबरी खेलेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा १० खेलाडीमा सिमित बार्सिलोनालाई रियलले पराजित गर्न सकेन । पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाका सार्गी रोबर्टोले रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले १० औं मिनेटमा नै लुइस स्वरेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए थिए ।

तर खेलको १४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । यद्यपि खेलको ७२ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियाललाई हारबाट जोगाए । गत डिसेम्बरमा भएको सिजनको पहिलो खेलमा भने रियल पराजित भएको थियो ।

एल क्लासिको

यस बराबरीपछि अब बार्सिलोनाले लिगमा तीन खेलमा अपराजित यात्रालाई जारी राखेमा स्पेनिस ला लिगामा नयाँ इतिहास बनाउने छ।

भिडियो-

रियल मड्रिड र बार्सिलोनाको’एल क्लासिको’खेल १-१ को बराबरीमा सकियो (भिडियो सहित)