एशियाडको ट्राइयाथलन खेलको निर्णायकमा नेपालका धनेश्वर

धनेश्वर प्रजापतिइन्डोनेसियाको जाकार्तामा आगामी भदौ २ देखि १७ गतेसम्म आयोजना हुने १८औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत ट्राइयाथलनका लागि धनेश्वर प्रजापति निर्णायकमा चयन भएका छन् । एशियन ट्राइयाथलन महासंघले ट्राइयाथलन प्रतियोगिताका लागि प्रजापतिलाई निर्णायकमा चयन गरेको नेपाल ट्राइयाथलन संघले जनाएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय ट्राइयाथलन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका धनेश्वर लेभल टु कोर्ष गर्ने पहिलो नेपाली निर्णायक हुन् । उनी ट्राइयाथलनबाट एशियाली खेलका लागि निर्णायक चयन भएका पहिलो नेपाली हुन् ।