एसइइ परीक्षा दिएका साह बगैँचामा मृत भेटिए

मृत भेटिए

सप्तरी जिल्ला गाविस मलहनमा–१ बस्ने देवनारायण साहको छोरा वर्ष १६ को भर्खरै एसइइ परीक्षा दिएका श्रवणकुमार साहको शव लहान–३ मा नरसिंह होम नजिकको बगैँचामा सोमबार झुन्डिएको अवस्थामा फेला परेको छ ।

उनको शव उनी परीक्षा दिन बसेको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ ।

साहको शरीरमा कुटपिट भएको निसानी रहेको छ । शव परीक्षणको लागि रामकुमार उमाप्रसाद (राउ) अस्पताल, लहानमा राखिएको छ । विशेष अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

मसला बगानमा प्रधान मृत भेटिए