एसईईको नतिजा सार्वजनिक हुँदै(यस्तो छ नतिजा हेर्ने तरिका)

माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा आज सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको हो ।

नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उनले बताए । गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।