एसईई उत्तीर्ण करिश्मा भन्छिन्- सरकारी कलेज पढ्छु

नेपाली चलचित्रकै सदावहार नायिका करिश्मा मानन्धरले यसवर्ष एसईई परीक्षा उत्तीर्ण गरेकी छिन् । नायिक मानन्धरले आफू परीक्षामा उत्तीर्ण भएपछि सरकारी कलेजमा पढ्ने बताएकी छिन् ।

आज भएको २०७५ सालको एसईई परीक्षाको नतिजामा नायिका करिश्मा मानन्धरले ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् ।

आफू प्लस टु पढ्ने र त्यो पनि सरकारी विद्यालयमै पढ्ने दृढता जनाउँदै नायिक मानन्धरले भनिन सरकारी विद्यालय राम्रो छैन, यहाँ गरीबका छोराछोरी मात्रै पढ्छनु भन्ने मान्यता तोड्न पनि आफू सरकारी विद्यालयमा पढ्ने बताएकी हुन् ।

नायिका मानन्धरले आफू महंगो कलेजमा पढ्नसक्ने भए पनि आफू सामाजिक गतिविधिमा लागेको र सरकारी विद्यालयप्रतिको नकारात्मक धारणा तोड्न सरकारी विद्यालयमा प्लस टु पढ्ने घोषणा गरेकी हुन् ।

एसइइ परीक्षामा सामेल दुई सेलिब्रेटी शान्ता र करिश्मा